दफा
संरक्षक समितिको गठन
(१) विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा एक संरक्षक समिति रहनेछ।
(२) संरक्षक समितिको गठन देहाय बमोजिम हुनेछः- (क) विश्वविद्यालय रहेको प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित सदस्य -सदस्य (ख) सचिव, अर्थ मन्त्रालय -सदस्य (ग) सचिव, मन्त्रालय -सदस्य (घ) विश्वविधालय अनुदान आयोगको पदाधिकारी प्रतिनिधि
एक जना -सदस्य (ङ) बिज्ञान तथा प्रविधि क्षेत्रमा ख्यातिप्राप्त बहालवाला वा
पूर्व प्राध्यापकहरूमध्येबाट एक जना महिलासहित दुई
-सदस्य
जना (च) बिज्ञान तथा प्रविधि बाहेकका अन्य विषयका ख्यातिप्राप्त
बहालवाला वा पूर्व प्राध्यापकहरू मध्येबाट एक जना “सङस्य (छ) विश्वस्तरीय विश्वविद्यालयका संरक्षकको रुपमा कार्य
अनुभव सहितका ख्यातिप्राप्त व्यक्तिहरू मध्येबाट एक _सदस्य
जना महिलासहित दुई जना (ज) प्रचलित कानून बमोजिम स्थापना भएका विज्ञान तथा
प्रविधि सम्बद्ध सार्वजनिक संस्थानका पूर्वपदाधिकारी वा
विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तीमा पन्ध्र बर्षको
अनुभव प्राप्त लब्ध प्रतिष्ठित व्यक्तिहरू मध्येबाट एक
जना -सदस्य (झ) बिज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध उद्योग व्यवसायमा
उल्लेखनीय उपलब्धि हासिल गरेका वा
विश्वविधालयलाई उल्लेख्य रुपमा सहयोग गरेका
व्यक्तिहरूमध्येबाट दुई जना -सदस्य (ज) अध्यक्ष -सदस्य (ट) आफ्नो पेशा व्यवसायमा उल्लेखनीय उपलब्धि हासिल
गरेका वा समाजलाई विशिष्ट योगदान पुच्याएका
व्यक्तिहरू मध्येबाट दुई जना -सदस्य (ठ) विश्वविधालयका अलमुनाईहरूमध्येबाट कम्तिमा एक
जना महिला सहित दुई जना “सकखय (३) उपदफा (२) को खण्ड (ङ),(च),(छ),
(ज),
(झ),
(ट) र (ठ) बमोजिमका
संरक्षकहरूको मनोनयन संरक्षक समितिले गर्नेछ ।
(४) संरक्षक समितिले संरक्षकहरुको मनोनयन गर्दा समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम मनोनीत संरक्षकको पदावधि चार बर्षको हुनेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि पहिलो पटक मनोनीत संरक्षकहरूको पदावधि कायम गर्दा गोला प्रथाबाट चार जनाको दुई बर्ष, पाँच जनाको तीन बर्ष र बाँकी पाँच जनाको चार बर्ष कायम गरिनेछ ।
(७) संरक्षक समितिमा उपदफा (२) को खण्ड (ङ),(च),
(छ),
(ज),
(झ) र(ट) बमोजिमका संरक्षक मनोनयन गर्दा विषयविज्ञतालाई ध्यान दिइनेछ ।
(८) यो ऐन प्रारम्भ भएपछि पहिलो पटकको लागि उपदफा (३) बमोजिमका संरक्षकहरूको मनोनयन गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न नेपाल सरकारले देहाय बमोजिमको एक सिफारिस समिति गठन गर्नेछः-
(क) प्रचलित कानून बमोजिम स्थापना भएका विश्वविधालयहरूका पूर्वउपकुलपति वा सो सरहका पूर्वपदाधिकारीहरूमध्येबाट एक जना _ अध्यक्ष
(ख) वि्वस्तरीयं विश्वविद्यालयका संरक्षकको रुपमा कार्य अनुभव भएका वा शिक्षा वा व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका लब्ध प्रतिष्ठित व्यक्तिहरू मध्येबाट दुई जना -सदस्य
(९) उपदफा (८) बमोजिमको सिफारिस समितिको बैठक सम्बन्धी कार्यविधि तथा संरक्षकको मनोनयनको लागि नाम सिफारिस गर्दा अवलम्बन गर्नु पर्ने प्रकृया सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(१०) उपदफा (८) बमोजिमको सिफारिस समितिले कार्य प्रारम्भ गरेको मितिले नब्बे दिनभित्र मनोनयन गरिने व्यक्तिको नाम नेपाल सरकार समक्ष सिफारिस गर्नु पर्नेछ।
(११) उपदफा (२) को खण्ड (ङ),
(च),
(छ),
(ज),
(झ),
(ट) र (ठ) बमोजिम मनोनीत कुनै संरक्षकको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि यस दफा बमोजिमको प्रकृया पूरा गरी अर्का व्यक्तिलाई मनोनयन गरिनेछ ।
(१२) संरक्षकको कार्यावधि समाप्त हुनुभन्दा छ महिना अगावै उपदफा (११) बमोजिमको मनोनयनको प्रकृया प्रारम्भ गर्नु पर्नेछ ।
(१३) संरक्षक समितिले तोकेको कर्मचारीले संरक्षक समितिको सचिवको रुपमा काम गर्नेछ ।
(१४) उपदफा (३) बमोजिम मनोनीत नेपाली नागरिक संरक्षकहरू मध्येबाट संरक्षक समितिले सभापतिको छनौट गर्नेछ ।
(१५) संरक्षक समितिले उपदफा (२) को खण्ड (ङ),
(च),
(छ),
(ज),
(झ),
(ट) र (ठ) बमोजिमका कुनै संरक्षकले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरुपको आचरण नगरेको, इमान्दारिपूर्वक आफ्नो कर्तव्य पालना नगरेको, विश्ववधालयको हित बिपरीत कुनै काम गरेको वा निज नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर भएको वा कानूनले अयोग्य ठहर गरेको अवस्थामा त्यस्तो संरक्षकलाई पदबाट हटाउन सक्नेछ ।
तर पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्न मनासिब मौका दिनु पर्नेछ ।
(१६) कुनै संरक्षक मनासिब कारण वेगर वा सभापतिलाई पूर्वजानकारी नगराई संरक्षक समितिको लगातार तीन वटा वैठकभन्दा बढी वा आफ्नो कार्यकालको अवधिभर छ वटाभन्दा बढी वैठकमा उपस्थित नभएमा त्यस्तो संरक्षक आफ्नो पदबाट स्वतः मुक्त हुनेछ।